भारतमा वित्तमन्त्री निर्मला सीताशरणले ल्याइन बजेट

एजेन्सी- भारतका वित्तमन्त्री निर्मला सीताशरणले शुक्रबार भारतीय लोकसभामा शुक्रबार मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट पेश गरेकी छिन्।

यसअघिका वित्तमन्त्रीले सधैं ब्रिफकेस बोकेर बजेट पेस गरेर आउनेमा योपटक रातो कपडामा बेरेर बजेट ल्याइएको थियो। वित्तमन्त्री निर्मला सीताशरणले राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गरेर यसबारे छलफल गरेपछि केन्द्रीय क्याबिनेटबाट बजेट पास गराएकी थिइन्।

विज्ञापन

लोकसभामा बिहान ११ बजेदेखि बजेट पढ्न सुरु गरेकी वित्तमन्त्रीले करिब २ घण्टा १० मिनेटमा बजेट पढेर सकेकी थिइन्।

उनले मोदी सरकारको पहिलो कार्यकालको योजनाको तारिफ गर्दै भविष्‍यमा हुने नयाँ योजनाको बारेमा सुनाएकी थिइन्।

भाषणका क्रममा उनले तमिल युक्तिसमेत भन्दै चाणक्य नीतिको उल्लेख गरेकी थिइन् भने मंजूर हासमीको गजलसमेत पढेर सुनाइन्।

धेरै आय गर्नेलाई धेरै कर


सन् २०१९-२० को बजेट मध्‍यम वर्गको लागि धेरै राहत दिने खालको नभएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। अन्तरिम बजेटमा पाँच लाँख रुपैयाँसम्‍म कमाउने मानिसलाई समेत ट्‍याक्स लगाउने नियम कायमै राखिएको छ।

तर, दुई सय पाँच करोड रुपैयाँको आयआर्जन गर्नेमाथि मात्र ३ प्रतिशत अतिरिक्त कर लगाइएको छ जबकि पाँच करोडभन्दा धेरै आय गर्नेलाई ७ प्रतिशत मात्रै लगाइएको छ।

यसका साथै एक वर्षमा बैंकबाट एक करोडभन्दा बढी पैसा निकाल्‍नेमाथि दुई प्रतिशत टिडिएस लगाइएको छ। यसका साथै अब हरेक भारतीय नागरिकले आयकर रिटर्न प्यान कार्डका साथै आधार कार्डबाट समेत दाबी गर्न सक्नेछन्।

वित्तमन्त्रीले  विदेशमा रहेका भारतीयलाई भारत आएमा आधार कार्ड दिने समेत बताएकी छिन्। अहिलेसम्‍म उनीहरुले आधारकार्ड पाउन भारतमा १८० दिन बस्‍नु पर्ने जरुरी हुन्थ्यो।

बीमा, मिडियामा पनि हुनेछ शतप्रतिशत वैदेशिक लगानी


वित्तमन्त्री निर्मला सीताशरणले आम बजेटमा विभिन्न क्षेत्रको लागि प्रत्यक्ष विदेशी लगानी (एफडीआइ) बढाउने बताएकी छिन्। उनले भनिन्, ‘उड्डयन, इन्स्योरेन्स, मिडिया तथा एनिमेशनको क्षेत्रमा १०० प्रतिशत वैदेशिक लगानी गर्ने प्रस्ताव गर्दछु।’

भारत सरकारले एक लाख २५ हजार किलोमिटर सडकको विस्तार गर्ने योजना बनाएको उनले बताएकी छिन्। यसको माध्‍यमबाट पाँच वर्षमा ११.६ अर्ब डलर खर्च हुने बताइएको छ। साथै वित्तमन्त्रीले पेट्रोल र डिजेल प्रतिलिटर एक रुपैयाँ कर बढाउने घोषणा गरेकी छिन्।

असार २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू