बार्सिलोना र एन्टोनी ग्रिजम्यानमाथि एथ्लेटिको मड्रिडले लगायो अपमानको आरोप

स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडले बार्सिलोना र एन्टोनी ग्रिजम्यानले आफूलाई अपमान गरेको आरोप लगाएको छ । बार्सिलोनाले आफ्ना खेलाडी ग्रिजम्यानसँग गएको मार्चमा कुराकानी गरेको र दुवै पक्ष विशेषगरी ला लिगा च्याम्पियन बार्सिलोनाले आफूहरु र समर्थकको अपमान गरेको एथ्लेटिकोले आरोप लगाएको हो ।

बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको र ग्रिजम्यानलाई प्रि सिजनका लागि उपलब्ध हुन भनिएको एथ्लेटिको मड्रिडले बताएको छ । वक्तव्य निकालेर एथ्लेटिकोले बार्सिलोना र ग्रिजम्यानको व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ ।

विज्ञापन

ग्रिजम्यानले गएको मे मा यो यहि समरमा क्लब छोड्ने बताएका थिए । एथ्लेटिकोका लागि ला लिगामा १८० खेलमा ९४ गोल गरेका ग्रिजम्यान बार्सिलोना जाने अपेक्षा छ । उनलाई लैजानका लागि बार्सिलोनाले कम्तिमा १२० मिलियन युरो तिर्नु पर्छ । तर बार्सिलोनाले रकम तिर्ने समय पछि सार्न चाहेको र खेलाडीसँग केही महिनाअघि नै कुरा गरेको एथ्लेटिकोको आरोप छ ।

गएको मार्च महिनामै बार्सिलोना र एन्टोनीबिच सहमति भएको जानकारी आएको एथ्लेटिकोले जनाएको छ । यो कुरा आफूहरुको अपमान रहेको उसले जनाएको छ । तर बार्सिलोनाले भने ग्रिजम्यानसँग आफूहरुले बिहीबार मात्रै पहिलो पटक कुरा गरेको उल्लेख गरेको छ ।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू