एक लाख ६२ हजार नगदसहित सातजना जुवाडे पक्राउ

दाङ – तुलसीपुरको फूलबारीबाट शुक्रबार बेलुका सातजना जुवाडे पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १३ तुहीखोलाबाट सातजना जुवाडे पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी प्रेमबहादुर शाहीले उनीहरुको साथबाट एक लाख ६२ हजार रकम बरामद भएको जानकारी दिए ।

तुही खोलामा जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा साढे ८ बजेतिर छापा मार्दा कौडा खेलिरहेका ७ जुवाडे पक्राउ परेको डिएसपी शाहीले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरको नाम गोप्य नै राखिएको छ ।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू