प्राचीन मेसोपोटामियाको झुलन बगैँचाको शहर बाबिलोन विश्व सम्पदा सूचिमा

तीन दशक भन्दा लामो प्रयासपछि प्राचीन मेसोपोटामियाको बाबिलोन शहर विश्व सम्पदा सूचिमा सूचिकृत भएको छ ।

इराकले चार हजार वर्ष पुरानो शहरलाई विश्व सम्पदा सूचिमा समावेश गराउनका लागि सन् १९८३ देखि प्रयास गर्दै आएको थियो । संयुक्त राष्ट्रसंघीय शिक्षा तथा सांस्कृतिक संगठन युनेस्कोले सो शहरलाई हाल आएर विश्व सम्पदा सूचिमा समावेश गरेको हो ।

बाबिलोन शहर झुलन बगैँचा (ह्याङ्गि गार्डेन) का लागि सुपरिचित छ । सो बगैँचा विश्वका सात आश्चर्य मध्ये एक हो । पछिल्ला वर्षमा यो शहर अतिक्रमणको चपेटामा परेको छ ।

पहिले सद्दाम हुसेनका लागि दरबार बनाइयो । त्यसपछि अमेरिकी सैनिकले आफ्नो बेसक्याम्पका रुपमा प्रयोग गर्दा समस्या परेको हो । युनेस्को कमिटिको अजरबैजानमा बसेको बैठकले बाबिलोन शहरलाई विश्व सम्पदाको मान्यता दिएको हो ।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्