अमेरिकाको क्यालिफोर्नियामा ७.१ म्याग्निच्युडको भूकम्प

अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ ।

पछिल्लो दुई दशक यताकै शक्तिशाली कम्पन रहेको युएसजिएसले उल्लेख गरेको छ । भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट झण्डै २४० किलोमिटर उत्तर पूर्वमा अवस्थित रिड्गेक्रेस्ट शहर नजिक रहेको जनाइएको छ ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका सात बजेर १३ मिनेट जाँदा (नेपाली समय अनुसार शनिबार बिहान ९ बजेर चार मिनेट जाँदा) भूकम्प गएको हो ।

सोही क्षेत्र केन्द्रविन्दु भएर नेपाली समय अनुसार शुक्रबार बिहान ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । शनिबारको भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएको जनाइएको छ ।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्