फोटो फिचर

राष्ट्रिय निकुञ्जभित्र भग्नावशेष ‘दरबार’

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जानेहरुको चासोको केन्द्रमा पर्छ लालमटिया ‘दरबार’ । विक्रम सम्वदको चालिसको दशकमा कर्णाली नदीमा (चिसापानी) पुल बनाउन आएको जापानी टोलीको बसोबासका लागि बनाइएका भवनहरु अहिले भग्नावशेषमा परिणत भएका छन् ।

जापानी टोलीले पुल निर्माण सकेर फर्किने बेला सो भवन नेपाललाई हस्तान्तरण गरेका थिए । त्यसपछि तत्कालीन राजा वीरेन्द्र शाह जंगल सफारी तथा शिकारका लागि गएका बेला आराम गर्नका लागि सो भवन प्रयोग हुने गरेको थियो । राजाले आराम गर्न प्रयोग गर्ने भएकोले लालमटिया दरबार भन्ने गरिएको थियो ।

विज्ञापन

तर राजा बिदा भएसँगै सो दरबार हेलामा परेको छ । अहिले भवन जीर्ण अवस्था रहेको छ । स्थानीय बासिन्दाका अनुसार जापानी कामदारले प्रयोग गरेका बेला लामटिया कम्प्लेक्स, राजाले प्रयोग गर्न थालेपछि दरबार भन्न थालियो । अहिले भग्नावशेष ।

माओवादी सशस्त्र युद्धका बेला सो दरबारमा आक्रमण भएको थियो । त्यसपछि त झन ओझेमा परेको छ । त्यहाँका मेसिन तथा अरु सामग्री पनि त्यतिकै फालिएका छन् ।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्