कंगना रनौटको चलचित्र ‘धाकड’को फस्टलुक सार्वजनिक

एजेन्सी– बलिउड क्वीनको उपमा पाएकी अभिनेत्री कंगना रनौटको आगामी चलचित्र ‘धाकड’को पोस्टर सार्वजनिक भएको छ।

शनिबार कंगनाको आगामी फिल्म ‘धाकड’को फस्टलुक सार्वजनिक भएको हो। पोस्टरमा कंगना दुवै हातमा बन्दुक बोकेर उभिएको देख्न सकिन्छ। बलिउड व्यापार विश्लेषक तरण आदर्शले ‘धाकड’को पोस्टर ट्वीटरमा शेयर गरेका छन्।

विज्ञापन

‘धाकड’ एक एक्सन फिल्म हो। जसको निर्देशन रजनीश घईले गर्नेछन् भने फिल्मको निर्माता सोहेल मकलई रहेका छन्। फिल्म २०२० को दिवालीमा रिजिल हुनेछ।

बुधबार मात्र कंगना र राजकुमार रावको मुख्य अभिनय रहेको फिल्म ‘जजमेन्टल है क्या’ को ट्रेलर रिलिज भएको थियो। ‘जजमेन्टल है क्या’ यहि जुलाई २६ बाट प्रदर्शन हुँदैछ।

यसका अलावा कंगना यतिबेला ‘पंगा’को सुटिङमा पनि व्यस्त छिन्। जसमा उनी कबड्डी खेलाडीको रुपमा देखिनेछिन्। पंगाको सुटिङ सकिय लगत्तै सेम्टेम्बरबाट जयललिताको बायोपिकको सुटिङ सुरु हुनेछ। जसमा कंगना जयललिताको भूमिकामा देखिने छिन्।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्