११ हाइकु

मास्क बेचिरहँदा जेल त जान्नँ?

१. भुँडी पड्केन

‘निदुली’ र ‘भ्यागुताे’

विज्ञापन

इष्टमित्र पाे।

२. धुलाे चाहिन्न

जाेखाना हेराउन

चक्रपथमा।

३. अब निदुली

मास्क लाएर हेराेस्

धुलाे-जाेखाना।

४. भ्यागुताे पनि

बेला कुबेला ट्वार्र

झीलमा गड्दै।

५. बुढाे भ्यागुतो

पानीकाे तन्ना ओढ्दै

झीलमा सुत्छ।

६. डाक्टरी पास

पन्तनगरमै भाे

‘निदुली चक्र’।

७. झस्क्याे पसले-

‘मास्क बेचिरहँदा

जेल त जान्नँ ?’

८. बीष र धुलाे

खाऊन् न नालायक

चक्रवर्ती म।

९. हाम्राे निदुली

सिन्कै नभाँचिकन

राेटी हसुर्छ।

१०. रुप वा गुण?

भ्यागुताे र निदुली

‘गुणका रत्न।’

११. कत्राे भूकम्प?

भ्यागुताेभन्दा ठूलाे..

निदुली ढल्याे।

 

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्