भारतलाई श्रीलंकाको २६५ रनको लक्ष्य, एन्जेलो म्याथ्युजको शतक

एजेन्सी– १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा एन्जेलो म्याथ्युजको शतकको मद्दतमा श्रीलंकाले भारतलाई २६५ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धाधिर ५० ओभरमा सात विकेटको क्षतिमा २६४ रन बनाएको हो।

श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले शतक प्रहार गरे। १२८ बलको सामना गरेका उनले १० चौका र दुई छक्काको मद्दतमा ११३ रन जोडे। यस्तै लाहीरु थिरिमन्नेले ५३, धनन्जय डि शिल्भाले २९, अभिषेक फर्नाण्डोले २०, कुशल परेराले १८ र दिमुथ करुणारत्नेले १० रन जोडे।

बलिङतर्फ भारतका जसप्रित बुमराहले तीन तथा हार्दीक पाण्ड्या, रविन्द्र जडेजा, भुवनेश्वर कुमार र कुलदीप यादवले एक–एक विकेट लिए।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्