कबीर सिंहको बारेमा नराम्रो भन्नेहरुलाई निर्देशक सन्दिप रेड्डीको कडा जवाफ

बक्स अफिमा धमाकेदार कमाई गरीरहेको चलचित्र कविर सिंहको बारेमा हिजो आज नकारात्मक टिप्पणी आइरहेको छ। चलचित्रलाई गालि गर्नेहरुलाई निर्देशक सन्दिप रेड्डी वांगाले खरो जवाफ दिएका छन्, ‘सायद उनहरुले मायालाई कहिले पनि सही ढंगले महशुस गरेका छैनन्, उनीहरु मात्र महिलावादी हुन्, उनीहरु अरु विषयमा केही पनि बोल्दैनन्, उनीहरुले नै मलाई घृणा गर्छन्।’

चलचित्रमा एउटा दृश्य छ, जहाँ शाहिद कपूर (कविर सिंह) प्रिति (कायरा आडवाणी) लाई बिच बाटोमा थप्पड लगाउछन्, यो दृश्य प्रितिका परिवारले उनीहरुको सम्बन्ध अस्विकार गरेपछिको हो। प्रिति कबीरसँग आफूलाई छोडेर नजानको लागि भिख माग्छिन्। यही दृश्यलाई शारीरिक आक्रमण गरिएको भन्दै आलोचना भयो।

सन्दिपले यो विषयलाई यसरी खण्डन गरे, ‘केटी बिना कुनै कारण केटालाई थप्पड हान्छिन् धेरै पल्छ, तर कबिरलाई उसलाई चड्कन हान्ने एउटा कारण छ। आफ्नो प्रेमिकालाई थप्पड हान्न, छुन, किस गर्न सक्दैन आफ्नो भावना प्रस्तुत गर्न सक्दैन भने मलाई लाग्दैन उसमा कुनै पनि किसिमको भावना हुँदैन।’

सन्दिपले आलोचना गर्ने जमातलाई राजकुमार हिरानीको चलचित्र ‘सञ्जू’ सँग जोडेर भने, ‘राजीव मसंदले सञ्जुलाई ३.५ स्टारका थिए, ‘सञ्जू, मेरा मंगलशुत्र कहा हे ?’ तपाईहरु यो बारेमा धेरै कुरा गर्नुहुन्छ, हिरोले ‘म ३०० भन्दा धेरै महिलासँग सुतेको छु’ भन्दा सबैलाई राम्रो लागेको थियो। हामी सबै थिएटरमा बसेर सिट्टी मार्दै चलचित्र हेरीरहेका थियौ।’

पछिल्लो समय आलोचना र तारिफ दुवै धारबाट गुज्रिएको चलचित्र हो ‘कबिर सिंह’। यो चलचित्र तामिल भाषामा बनेको अर्जून रेड्डीको भारतीय संस्करण हो। चलचित्रले अहिलेसम्म २ सय २० करोड कमाइ गरीसकको छ।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्