वीरगञ्जको तेल उद्योगमा लागेको आगो १४ घण्टापछि नियन्त्रणमा

वीरगञ्ज– वीरगन्ज महानगरपालिका–२१ को लिपनीविर्तामा रहेको सुशील वनस्पति उद्योगमा बिहान करिब २ बजेबाट लागेको आगो झण्डै १४ घन्टा पछि नियन्त्रणमा आएको छ।

शनिबार बिहान करिब २ बजेदेखि लागेको आगो अपरान्ह ४ बजे नियन्त्रणमा आएको हो।आगलागी नियन्त्रणमा लिन वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जितपुर सिमरा उप महानगरपालिका, अम्लेखगन्ज आयल निगम डीपोको  दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी सेना र स्थानीयबासी लगायत आगो निभाउन लागेका थिए।

आगलागी हुनुको कारण खुल्न सकेको छैन भने आगलागिमा अनुमानित २५ करोड भन्दा बढीको तयारी अवस्थामा रहेको रिफाइन तेल, तोरी र त्यहाँ भएका पिनाहरु पुर्णरुप मा जलेर नस्ट भएको कारखानाका प्रशासकिय अधिकृत विमल शर्माले जानकारी दिए।

आगलागीबाट उद्योग रहेको मेसिन,तो लगायतका समानहरु जलेर नस्ट भएको छ। उधोगमा आग्लागी बाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।आगलागी कसरी भएको हो भन्ने खुल्न सकेको छैन।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्