एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा केशव कँडेल विजयी

केशव कँडेल।

सिड्नी- एनआरएनए अस्ट्रेलियाको जुलाई ६ तारिख सम्पन्न निर्वाचनमा केशव कँडेल सन् २०१९–२०२१ कार्यकालका लागि अध्यक्षमा विजयी भएका छन्। उनले ४ हजार १ सय ४८ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी दिनेश पोखरेलले ३ सय ९१ मतले पछि पर्दै कुल ३ हजार ७ सय ५७ मत प्राप्त गरेका छन्।त्यसैगरी राष्ट्रिय समन्वय समितिको महासचिवमा डा. ज्ञानेन्द्र रेग्मी, सचिवमा उषाकिरण बारिया पोखरेल, कोषाध्यक्षमा अनिल पोखरेल, सह कोषाध्यक्षमा लक्ष्मण गोपाली र युवा संयोजकमा इर्शाद अहमद विजयी भएका छन्।

विज्ञापन

राज्य समन्वय समितिका पदहरूमा क्यानबेराको संयोजकमा चुडामणी सापकोटा विजयी भएका छन् ।

आईसीसी सदस्यमा राजु अधिकारी, छविप्रसाद सापकोटा, दीपक शर्मा, अरुणकुमार ठाकुर, नारायणप्रसाद काफ्ले, अशोक केसी र सन्तोष कुवँर निर्वाचित भएका छन्।युवा संयोजकमा इर्शाद अहमद तथा युवा उपसंयोजकमा द्वारिका दवाडी निर्वाचित भएका छन् । महिला संयोजकमा भने सन्ध्या शाह र उपसंयोजकमा सब्बु महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।

त्यसैगरी, न्यू साउथ वेल्स राज्यको राज्य संयोजकमा देबबहादुर गुरुङ तथा उपसंयोजकमा चुन्ना क्षत्री विजयी भएका छन् ।  नर्दन टेरिटोरीको संयोजकमा हेम पुन निर्विरोध निर्वाचित भएका थिए ।क्वीन्सल्याण्ड राज्यको राज्य संयोजकमा उमेश खड्का तथा उपसंयोजकमा अमृत खत्री विजयी भएका छन् । त्यसैगरी दक्षिण अस्ट्रेलियाको राज्य संयोजकमा नवीन पन्त तथा उपसंयोजकमा सन्तोषी गौतम विजयी भएका छन् ।भिक्टोरिया राज्यको राज्य संयोजकमा प्रेमप्रसाद कँडेल तथा उपसंयोजकमा मणिरत्न सापकोटा विजयी भएका छन् ।

त्यसैगरी, तास्मेनियाको राज्य संयोजकमा सन्देश परियार निर्विरोध निर्वाचित भएका थिए भने पश्चिम अस्ट्रेलियाको राज्य संयोजकमा कृष्णमान श्रेष्ठ तथा उपसंयोजकमा माधव ढुंगाना विजयी भएका छन् ।अस्ट्रेलियाको ६ वटा राज्य र २ वटा टोरिटोरीमा एकैसाथ गरिएको निर्वाचनमा प्रमुख शहरहरूमा निर्वाचन केन्द्र स्थापना गरिएको थियो भने ग्रामीण इलाकामा बस्नेहरूका लागि अनलाइन भोटिङको व्यवस्था गरिएको थियो ।

विद्युतीय प्रणालीद्वारा गरिएको उक्त निर्वाचनमा २०९ पदका लागि ११ हजार ५ सय ९९ मतदाताले मताधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको सो निर्वाचनमा ८ हजार ३ सय ६६ मत खसेको थियो ।कुल खसेको मतमध्ये न्यूसाउथवेल्समा ३ हजार ३४ मत खसेको थियो । त्यसैगरी भिक्टोरियामा १ हजार २ सय ७४, क्वीन्सल्याण्डमा १ हजार १ सय २७, पश्चिम अस्ट्रेलियामा ७ सय ४१, दक्षिण अस्ट्रेलियामा ८ सय ७४, तास्मेनियामा १ सय ७१, क्यानबेरामा ५ सय ९० र नर्दन टेरिटोरीमा ४ सय ७५ मत खसेको निर्वाचन आयोगले जनाएको छ । कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने अप्सन पनि राखिएको यस चुनावमा उल्लेख्य मात्रामा ‘नन अफ द अबभ’ मा पनि भोट खसेको थियो जसलाई एनआरएनए अस्ट्रेलियाभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू