मेस्सीले यसरी पाएका थिए रेड कार्ड

कप्तान लियोनल मेस्सी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि कोपा अमेरिका फुटबल अन्तर्गत शनिबार राति चिलेसँगको खेलमा जिते पनि चर्चा रातो कार्डकै भइरहेको छ ।

अति तनावपूर्ण देखिएको खेलमा मेस्सीले ३७ औँ मिनेटमा सीधै रातो कार्ड पाए । यस्तै चिलेका ग्यारी मेडेलले पनि सोही घटनामा सीधै रातो कार्ड पाए ।

मेस्सीले क्लब प्रतिस्पर्धामा अहिलेसम्म रातो कार्ड पाएका छैनन् । उनका लागि रातो कार्ड निकै दुर्लभ हो । मेस्सीले सिनियर खेल जीवनमा पाएको यो दोस्रो रातो कार्ड हो ।

उनले १४ वर्षअघि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा डेब्यु गरेका बेला रातो कार्ड पाएका थिए । दुवै टिमका खेलाडी शारीरिक प्रतिस्पर्धामा उत्रिएपछि तवनाको अवस्था सिर्जना भएको हो ।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्