विषादीयुक्त तरकारी विरुद्ध प्रदर्शन

‘तरकारीमार्फत जनतालाई विष खुवाउने कार्य बन्द गर’

विषादी तरकारीको परीक्षण नरवक्‍न माग गर्दै प्रदर्शनी मार्गमा तरकारी बोकेर प्रदर्शन गर्दै नेविसंघका विद्यार्थीहरु। तस्बिर- सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं-भारतबाट आयात हुने तरकारीको विषादी भित्र्याएको भन्दै परीक्षणलाई नरोक्‍न माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ।

नेविसंघले आइतबार प्रदर्शनीमार्गमा तरकारी बोकेरै प्रदर्शन गरेका हुन्।

उनीहरुले बोकेको तरकारीमार्फत् जनतालाई विष खुवाउने कार्य बन्द गर, विषादीयुक्त तरकारी र फलफूल आयातमा रोक लगा लगायतका लेखेका प्लेकार्ड बोकेका थिए।

सरकारले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने व्यववस्था गरे पनि केही दिनमै उक्त निर्णयबाट सरकार पछि हटेको थियो।

     

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्