मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको सम्बोधन

सहमतिपछि सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक सुचारु

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक बर्ष २०७६-०७७ को बजेट अपारदर्शी र सुशासन विपरीत भएको भन्दै प्रतिपक्षले सात पटकसम्म अवरुद्ध गरेको प्रदेशसभा बैठक आइतबारदेखि सुचँरु भएको छ।

शनिबार सरकार र प्रतिपक्षी सांसदहरुवीच सदन सुचारु गर्ने सहमति एको थियो। सहमति अनुसार सुशासन ऐन विबरुद्धका योजना परिमार्जन गर्ने, प्रदेशका गौरबका आयोजनालाई अगाडी बढाउन डिपिआर तयार पार्ने तथा संकल्प प्रस्तावका रुपमा संसदान पेश गर्ने लगायतका विषय रहेका छन्।

सहमतिपछि आइतबार बिहान बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रमुख प्रतिपक्षी दलका नेता डाक्छर रण बहादुर रावलले सम्बोधन गरेका थिए।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेटमा कुनै असन्तुष्टि भए सदनमै छलफल हुनुपर्ने बताए। उनले सदनमा छलफल गरेर समाधान निकाल्न सकिने बिषयमा सदन बाहिरबाट समाधानको पहल गरनु उचत नहुने समेत बताए।

बजेट अपारदर्शी भएको भन्दै रातो किताब जलाएर सदन अवरोध गरिरहेका प्रतिपक्षी सांसदहरु तर्फ इशारा गर्दै मुख्यमन्त्री भट्टले विकासका योजना कार्यान्वयन गर्न सबै एकै ठाउँ आउनुपर्ने मा जोड दिए।मुख्यमन्त्री भट्टले भने–‘सदन अवरोध गरेर सममस्याको समाधान हुदैन, छलफल नै सवै समस्याको हल हो।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदिय नेता डाक्टर रण बहादुर रावलले बबजेटमा गाँभीर त्रुटि रहेका कारण आफूले रातो किताब जलाएर सदन अवरोध गरेको र प्रतिपक्षलाई विश्वासमा लिएर काम गर्ने गरी सरकार सहमत भएकोले आइतबारदेखि सदनको अवरोध हटाएको बताए।

नेता रावलले सरकारले आफुहरुसित गरेको सहमति कार्यान्यन नभएमा जुनसुकै किसिमको आन्दोलन गर्न तयार रहेको चेतावनी समेत दिए।शनिबार साँझ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सदन सुचारु गर्ने विषयमा छलफल गरेका सत्ता र प्रतिपक्षवीच सहमति के विषयमा भयो भन्ने चाँही आइतबार सदन बैठकमा खुलाइएको छैन। सदनमा मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी नेताले सम्बोधन गरेपछि बजेटमाथिको छलफल गर्ने बाटो समेत खुलेको छ।

आइतबारकै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट तथा विनियोजन विधेयकमाथि सामान्य छलफल प्रारम्भ होस भनी पेश गरेको प्रस्ताव सदनले सर्वसम्मतिबाट पारित गरेको छ। प्रदेश सभामा सोमबारदेखि बजेटममाथि छलफल हुने छ।

बजेटमा सामान्य छलफल होस भन्‍ने प्रस्ताव पेश गर्नुअघि आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बजेटममा १ हजार रुपैयाको समेत योजना राखिएको भन्‍ने चर्चा भइरहेकोले एक हजारको योजना राखिएको नभई प्रिन्टिङ त्रुटि रहेको बताए।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्