पर्सामा ग्याँस सिलिण्डर पड्किदा तीन बालक घाइते

वीरगञ्ज– पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवामा आइतबार दिउँसो ग्याँस सिलिण्डर पड्किदा तीन बालक घाइते भएका छन्।

ट्रकको ट्याङ्की वेल्डिङ गर्ने क्रममा अचानक सिलिण्डर पड्कीँदा स्थानीय भिखु कुशवाहका १३ वर्षीय छोरा मन्तोष कुशवाह, परमेश्वर चौरसियाका १३ वर्षीय छोरा निपु चौरसिया र प्रयाग कुशवाहका १३ वर्षीय छोरा जितेन्द्र कुशवाह घाइे भएका हुन्।

विज्ञापन

आइतबार दिउँसो एक बजेतिर ट्रकको ट्यांकी मर्मत गर्ने क्रममा सिलिण्डर पड्किँदा नजिकै खेलिरहेका उनीहरु घाइते भएका हुन्।

ग्याँस पड्कीँदा ट्रकमा पनि आगो लागेको थियो। प्रहरी र स्थानीयबासीहरुले आगो निभाएका थिए। घाइतेहरुको नारायणी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्