सासुमाथि धारिलो हतियार प्रहार गर्ने बुहारी पक्राउ

सांकेतिक तस्बिर

वीरगञ्ज-अवैध सम्बन्ध लुकाउन सासुमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाउने बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले पर्सा कालिकामाई गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीया इन्दु देवी महरालाई पक्राउ गरेको हो।

विज्ञापन

इन्दुले सासु ५५ वर्षीया राजपति देवी महारालाई शनिबार धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन्।

राजपतीलाई अपरिचित व्यक्तीले मरणासन्न हुने गरी टाउकोमा चक्कु प्रहार गरी घाईते बनाएको उजुरको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा आफ्नै बुहारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

घाईते भएकी रााजपतिको वीरगञ्ज न्युरो अस्पतालमा उपचार भईरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको पर्सा प्रहरीले जानकारी दिएको छ।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्