अमेरिकाका लागि बेलायती राजदूत भन्छन्: राष्ट्रपति ट्रम्पको कार्यकाल अपमानमा टुंगिन सक्छ

एजेन्सी – अमेरिकाका लागि बेलायती राजदूतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कलाविहीन, असुरक्षित र असक्षम भन्दै उनको कार्यकाल अपमानजनक तरिकाले अन्त्य हुन सक्ने बताएका छन्।

बेलायतको मेल अनलाइनले आइतबार प्रकाशित गरेको एक रिपोर्टमा राजदूत सर किम डरोवले १० डाउनिङ स्ट्रिट– (प्रधानमन्त्रीको कार्यालय) लाई पठाएका गोप्य सन्देशहरुमा त्यसो भनेका हुन्।

रिपोर्ट हेरेको दाबीसहित ‘डेली मेल’ लेख्छ- बेलायतका उच्च कुटनीतिज्ञले ट्रम्पको चरित्रमा आक्षेप लगाउने खालको यो सन्देशसहित ह्वाइट हाउस एकदमै अशक्त रहेको र राष्ट्रपतिको पद अपमानजनक तरिकाले समाप्त हुन सक्ने चेतावनी दिएका छन्।

राजदूतको यो विस्फोटक टिप्पणीले पातलो कान भएका राष्ट्रपतिलाई चिढ्याउने र बेलायतको अमेरिकासँगको विशेष सम्बन्धनलाई अवमूल्यन गर्ने अनुमान बढेको छ।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्