डडेल्धुरामा ट्र्याक्टर दुर्घटना, १३ जना घाइते

फाइल तस्बिर
डडेलधुरा– डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्र्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जाँदै गरेको से २ त ३२१७ नम्बरको ट्र्याक्टर आइतबार दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
घाइते १३ मध्ये १० जनालाई उपचारका लागि कैलाली लगिएको र बाँकी तीन जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
अत्यधिक गतिका कारण ट्र्याक्टर सडकमै पल्टिएर दुर्घटना भएको प्रहरीले जनाइएको छ।