मनसुन सक्रिय, देशका धेरै स्थानमा वर्षाको सम्भावना

फाइल तस्बिर

काठमाडौँ – मनसुनी न्युन चापीय रेखा नेपालतिर सरेकाले मनसुन सक्रिय भएको छ । देशका अधिकांश क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । विशेषगरी पूर्व र मध्य क्षेत्रमा बढी पानी पर्ने देखिएको छ । पश्चिमका क्षेत्रमा भने केही कम पानी पर्नेछ । देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ ।

विज्ञापन

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्