आगरामा बस खस्दा २९ जनाको मृत्यु

भारत उत्तर प्रदेशको आगरामा बस दुर्घटना हुँदा २९ जनाको ज्यान गएको छ । यमुना एक्सप्रेसवेमा बस नालीमा खस्दा २९ जनाको ज्यान गएको हो । दुर्घटनामा अरु १८ जना घाइते भएका छन् ।

लखनउबाट दिल्लीका लागि छुटेको बस दुर्घटनामा परेको हो । सोमबार बिहान अनियन्त्रित भएर बस नालीमा खसेको र आधा डुबेको स्थानीय प्रहरीले जनाएको छ ।

सबै शव बाहिर निकालिएको र घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाएको छ । दुर्घटना बिहान पौने पाँच बजेतिर भएको हो । ज्यान गुमाउनेमा २७ जना वयस्क, एक किशोरी र एक डेढ वर्षकी बालिका छन् ।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्