९ बुँदे प्रस्ताब पारीत गर्दै अडिटर्स एशोसिएसन समितिको बैठक सम्पन्न

काठमाडौँ – नेपाल अडिटर्स एशोसिएसन (अडान) ले लेखापरीक्षकहरुको पेशागत हकहित र सदस्यहरुको भावना एबं कानूनको भावना बमोजिम लेखापरीक्षक शब्दको प्रयोग गर्न गराउन सम्बद्ध पक्षहरुसँग पहल गर्न जोडदार माग गरेको छ ।

काठमाण्डौमा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकको समापनको क्रममा ९ सुत्रीय विशेष प्रस्ताबहरु जारी गर्दै उक्त माग गरिएको हो ।

विज्ञापन

त्यस्तै वैठकले ७ जना सदस्यहरु जय धर्म पोखरेल, महानन्द गुरागाई, झनक राज ढुङ्गेल, नेत्र ज्ञवाली, कामोद झा, बसन्त पौडेल र कुमार खतिवडा लाई मनोनयन गरी ७३ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

बैठकले मोहन राज रेग्मीको अध्यक्षतामा २५ सदस्यीय सचिवालय, कमल खरेलको संयोजकत्वमा ९ सदस्यीय विशेषज्ञ समिति, सूर्य प्रसाद अधिकारीको संयोजकत्वमा २१ सदस्यीय सल्लाहकार समिति, धु्रब प्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय लेखापरीक्षण समिति र श्री शिब प्रसाद आचार्यको संयोजकत्वमा ५ सदस्यीय अनुशासन समिति पनि गठन गरेको छ।

२ दिन सम्म चलेको सो बैठकको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष जगन्नाथ उपाध्याय निरौलाले उद्घाटन गरेका थिए । उक्त अवसरमा लेखा तथा लेखापरीक्षण क्षेत्रका विभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो ।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू