अवैध रुपमा नेपाल प्रवेश गरेका पोल्याण्डका नागरिक पक्राउ

पोखरा – नेपालमा अवैध रुपमा प्रवेश गरी बस्दै आएका र लागुऔषध प्रयोग गरी होहल्ला गर्दै आएका एक विदेशी पक्राउ परेका छन् ।

पोल्याण्डका नागरिक राकोल मार्किनलाई पर्यटक प्रहरीले कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडबाट आइतबार पक्राउ गरेको हो । उनले लेकसाइड, खहरे, पृथ्वीचोकसहितका क्षेत्रमा लागुऔषध सेवन गरी होहल्ला गर्ने गरेको प्रहरीको भनाई छ ।

विज्ञापन

भारतबाट नेपाल प्रवेश गरेका उनको साथमा पासपोर्ट, भिसासहितका कागजात नरहेको पर्यटक प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि अध्ययागनम कार्याालय पोखरामा बुझाइएको छ ।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू