हाँसलाई जिस्क्याएका युवक ६ दिन देखि बेपत्ता

सांकेतिक तस्बिर

दाङ – दाङका एक युवा ६ दिनदेखि बेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ हाडिमेका १६ वर्षीय राजेन्द्र चौधरी यही असार १८ गतेदेखि हराएकामा अझैसम्म सम्पर्कमा नआएको स्थानीयवासी चन्द्र पुनले बताए ।

असार १८ गते साँझ चमाइ खोलाको वनकट्टी बाँधमा खेल्न गएका बेला त्यहाँ पालिएका हाँसलाई उनले जिस्क्याएका थिए ।

हाँस धनीले हप्काएपछि त्यहाँबाट भागेका उनको कुनै पत्तो नलागेको उनको भनाइ थियो ।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्