विप्लव माओवादीद्वारा ताँजाकोट वडा कार्यालय बन्द

नेत्रबिक्रम चन्द 'विप्लव'

हुम्ला-नेपाल कम्यनिष्ट पार्टी माओवादी (विप्लव)ले ताँजाकोट गाउँपालिकाको वडा नम्बर-३को कार्यालय बन्द गराएका छन्।

बिहानैबाट वडा कार्यालयमा ताला लगाएर बन्द गरिएको भए पनि कोही कार्यकर्ता भने कतै भेटिएका छैनन्।ताँजकोट गाउँपालिकाको आसपासमा उक्त पार्टीका पम्प्लेट तथा पर्चाहरु भेटिएका छन्।

विज्ञापन

आजको बन्द कार्यक्रम नेकपा माओबादी भेरी कर्णालीको पुर्व निर्धारित कार्यक्रम भए अनसार वडा कार्यलय बन्द गरिएको र अन्य सर्केगार्ड चंखेली, ताँजाकोट र खार्पुनाथमा पनि बन्द कार्यक्रम रहेका उक्त पार्टीका जिल्ला जनसरकार प्रमुख कुम्भ बुढाले बताए।

वडा कार्यालय बन्द गरिएको भए पनि कस्ले बन्द गरेको हो भन्‍ने एकिन नभएको प्रहरी नायब निरीक्षक राम प्रसाद घर्तीमगरले बताए।प्रहरी उक्त स्थानमा पुगेको थियो।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्