दोस्रो ‘लाईफ लाइन’ हुलाकी राजमार्ग

दाङ-तत्कालीन जिल्ला विकास समिति हुदा ओटाशिल गरेर दाङका् कालाकाटे देखी राजपुरको गंगदी सम्म पिच सडक पुर्‍याइयो। तर, दर्जन बढी खोला र पक्कि नाली नहुदा सडकको अवस्था बिग्रदो छ। अब यो सडको स्तरोन्‍नति हुने भएको छ। राप्ती नदीको दक्षिण तर्फको कालाकाटे देखी बाँकेको नेपालगञ्ज जोड्ने हुलाकी सडकको निर्माण कार्य आउदो आर्थिक वर्षदेखि शुरु हुने भएको हो।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग हुलाकी राजमार्ग आयोजनाले कालाकाटेदेखि बाँकेको नेपालगञ्ज जोड्ने सडक निर्माणको लागी टेण्डर आह्वान गरिसकेको छ। आउँदो आर्थिक वर्षमा दुई ओटा प्याकेजमा सडक निर्माण गर्न टेण्डर आह्वान गरिसकेको हो।

विज्ञापन

एक अर्ब बढीको लागतमा सडक निर्माण गरिने हुलाकी सडक निर्देशनालयका इञ्‍निनियर प्रदीप श्रेष्ठले जानकारी दिए।‘दुई ओटा प्याकेजको लागी टेण्डर निस्केको हो।अब आउदो आर्थिक बर्षदेखि सडकको निर्माण शुरु गर्ने योजना छ’उनले भने-‘आउदो बर्ष ४० किलोमिटर दुरी सम्म काम गर्नेगरी हामी अघी बढेका छौं।’

यही हुलाकी सडक संग जोडीनेगरी दुई ठूला नाकास्तरीय सडक निर्माण कार्यको लागि प्रदेश सरकारले प्राथमकिता राखेको छ। हुलाकी सडक बनेमा नाका क्षेत्रमा वसोवास गर्ने नागरिकहरुको पहुँच बढ्ने प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बताए।

‘नाकामा बसोवास गर्ने नागरिकहरुलाई हुलाकी राजमार्गसँग जोड्न सफल भएमा नाका क्षेत्रमा विकासका पूर्वाधार पुर्‍याउन सहज हुनेछ’प्रदेश सांसद शर्माले भने-‘आउदो बर्ष दुई ठूला नाका स्तरीय सडकको लागि तीन करोड बजेट प्रदेश सरकारबाट विनियोजन भएको छ। अव नाका स्तरीय सडक र हुलाकी सडक एक आपसमा जोडिएमा नाकाको विकास सोंचेजस्तै छिट्टै हुने छ।’

जंग्रहवा देखी खांग्रा नाका जोड्न आउदो बर्ष एक करोड ५० लाख बजेट प्रदेश सरकारले बिनियोजन गरेको छ। यस्तै गोठुवा सुनपथ्री सुनछहारी नाका स्तरीय सडकको लागी एक करोड ५० लाखनै बजेट विनियोजन गरिएको छ। यसअघि यी दुवै सडकको लागी प्रदेश सरकारले ५०÷५० लाख बजेट विनियोजन गरेको थियो।

कालाकाटे-बाँकेको नेपालगञ्ज हुलाकी सडक दक्षिणी भेगको लाईफ लाइन भएको प्रदेश सांसद ईन्द्रजीत थारुले बताए। हुलाकी सडक बन्न अनिवार्य रहेको बताए।‘सिमा संग जोड्न र बजार संग पहुँच बढाउन यो सडक अनिवार्य छ’उनले भने–‘दक्षिणी भेगको लागी लाईफ लाईनै हो।’

तीन किलोमिटरमा कामै भएन


लमही–कोइलावास हुलाकी सडक निर्माणको काम तीन किलोमिटर क्षेत्रमा पस्ने सकेको छ। लमही र गढवा बजार क्षेत्रमा सडक निर्माणको काम हुन सकेको छैन्। मुआब्जाको रकम बुझेपनि कतिपयले पूर्वाधार नहटाउदा काम हुन नसकेको हो।

यस्तै केही गाउँमा मुआब्जाको रकम कम भएको भन्दै काम गर्न दिएका छैन्। यो समस्या अझै समाधान हुन सकेको छैन्। अहिले सम्म १४ किलोमिटर सडक कालोपत्रे गरिएको छ। बाँकी ४ किलोमिटर सडक पिचको तयारी गरिएको छ। अझैं आधा सडक पिच गर्न बाँकी छ। सडक निर्माणको लागी प्राप्त भएको समय सकिन ६ महिना मात्रै बाँकी छ। यो ६ महिनामा काम सक्न मुस्किल छ।

हुलाकी राजमार्गको इतिहास


पूर्व-पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमि दक्षिणतर्फ भएर फैलिएको सडक नै हुलाकी राजमार्ग हो। राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिड्ने छोटो बाटो जसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ। यो तराई मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्ग पनि हो।पूर्व-पश्चिम ९सय ७५ किमी फैलिएको छ।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्