पुर्वराजा ज्ञानेन्द्र शाहको ७३औँ जन्मोत्सव बीरगन्जमा मनाइयो

वीरगञ्‍ज- पुर्वराजा ज्ञानेन्द्र शाहको ७३औ जन्मोत्सव सोमबार एक समारोहका बीच बीरगञ्जमा पनि मनाइएको छ।

राष्ट्रिय सरोकार मञ्‍च नेपाल नारायणीले बीरगन्जको घण्टाघरमा आयोजना गरेको माल्यार्पण कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष एवं राष्ट्रवादी पशुपति विक्रम शाहले पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहको तस्बिरमा माल्यार्पण गरेका थिए।

उनले अहिलेको परिवेशमा राजाबिना यो देश चल्न नसक्ने ठोकुवा गरे। उनले घरमा अभिभावक नभएपछि परिवारहरु टुहुरो हुन्छन त्यस्तै यो देशका जनताहरु राजा बिना टुहुरो भएको बताए राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका अञ्‍चल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतमा आयोजित कार्यक्रममा महिला समाजसेबी उषा शाह,राष्ट्रिय नागरिक संघर्ष समिति बारा अध्यक्ष महमद सतार अन्सारी, राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरई, नगर अध्यक्ष उपेन्द्र चौरसिया, साहित्यकार अरुण विक्रम शाह, बिगा मुखिया, रामअयोध्या राउत कुर्मी लगायत राष्ट्रिवादी, सर्वसाधारण, पत्रकार लगायतकाको उपस्थिती रहेको थियो।

त्यसैगरी पूर्व राजा शाहको दिर्घायु कामनाका लागि गहवामाई मन्दिरमा पूजा आराधना गरि मंचले लड्डु समेत बाँडेको थियो।यस्तै पुर्व राजा ज्ञानेन्द्र शाहको ७३औ जन्मदिनको अवसरमा नेपाल राष्ट्रबाद सँघ केन्द्रिय कार्यालय बिरगञ्ज पर्साले सोमबार बिरगञ्जमा शुभकामना र्‍याली निकालेको छ।

घण्टाघर चोकबाट निस्किएको रयालीले नगरको विभिन्‍न भागको परिक्रमा गरि पुन घण्टाघरमै आएर कोण सभामा परिणत भएको थियो।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्