२१ बुँदे घोषणा पत्र जारी

रेशम चौधरीलाई रिहाइको माग,टीकापुर घटनालाई विद्रोहको रुपमा मनाउने थाकसको निर्णय

चितवनको सौराहामा एकिकृत थरुहट राष्ट्रिय भेलापछि २१ बुँदे घोषणा पत्र जारी गर्दै।थारु कल्याणकारिणी सभाले भदौ ७ गतेलाइ विद्रोहको रुपमा मनाउने निर्णय गरेको छ। तस्बिर-देश सञ्‍चार

चितवन- थारु कल्याणकारिणी सभाले संविधान संशोधन र टीकापुर घटनामा दोषी ठहर्‍याइएका माननीय रेशमलाल चौधरीको रिहाइ र १४ बुँदे मागलाई तत्काल सम्बोधन गर्न सरकार समक्ष माग गरेका छन्।

चितवनको सौराहामा एकिकृत थरुहट राष्ट्रिय भेलापछि २१ बुँदे घोषणा पत्र जारी गर्दै थारु कल्याणकारिणी सभाले उक्त माग गरेको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए।

यस्तै लोक सेवाको विज्ञापनमा समावेशी नभएकाले खारेज गर्न माग गरिएको छ भने राजनैतिक टीकापुर घटना भएको भदौ ७ गतेको दिनलाई विद्रोहको रुपमा मनाउने तयारी भइरहेको थाकसका महामन्त्री चौधरीले जानकारी दिए।

उनले भने, ‘टीकापुर घटनाबारेको लाल आयोगले बुझाएको प्रतिबेदन किन लुकाइएको छ। सार्वजनिक गरियोस्। सरकारले थारु समुदायमाथि ठूलो अन्‍याय गरेको छ। राज्‍यमा पहुँच भएकाहरुले अब अन्‍याय गरिरहे तराइ/थरुहटबाट विद्रोहको ज्वाला निस्किन्छ। थारु समुदायभित्र विभेदको ज्वाला दन्किरहेको छ।’

यस्तै भदौ ७ गतेको रहस्यमय एवम् दु:खद टीकापुर घटना सत्याग्रह अभियान कैलालीको टीकापुर लगायत सम्पूर्ण थरुहट जिल्लाहरु र काठमाडौंमा समेत गर्ने निर्णय गरिएको छ।

यसैगरी थहरुहट आन्दोलनलाई शसक्त र प्रभावकारी बनाउन निरन्तर संघर्षका कार्यक्रमको योजना बनाउने र विद्रोहको कार्यदिशा तय गरिने समेत निर्णय भएको थाकसएक एक पदाधिकारीले बताए।

सरकारसँग औपचारिक रुपमा छलफलका लागि कार्यदल बनाउने, प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापन पत्र बुझाउने र थारु कल्याणकारिणी सभाको भगिनी संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेको छ।

यसका साथै थारु कल्याणकारिणी सभाको संयोजकत्वमा थरुहट संघर्ष समिति पुनर्गठन र विस्तार गरिने भएको छ भने थाकसको विधान अनुसार केन्द्रीय अध्यक्षले नै आवश्यकता अनुसार कार्यबाहक दिने निर्णय गर्न सक्ने बताइएको छ।

 

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्