विम्बल्डन टेनिस

१५ वर्षे किशोरी कोरीको विम्बल्डन यात्रा टुंगियो अन्तिम १६ मा

विम्बल्डन टेनिसमा उत्कृष्ट प्रदर्शन गरेकी किशोरी कोरी गोफको यात्रा अहिलेका लागि टुंगिएको छ । अन्तिम १६ अन्तर्गत सोमबार राति भएको खेलमा कोरी गोफ सिमोना हालेपसँग पराजित भएकी हुन् ।

सातौँ बरियताकी २७ वर्षे हालेपले छनौट चरणबाट आएकी १५ वर्षकी अमेरिकी किशोरीलाई ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् । कोरीलाई पराजित गरेर हालेप क्वाटरफाइनलमा पुगेकी हुन् ।

क्वाटरफाइनलमा उनले चीनकी झ्याङ्ग सुईसँग प्रतिस्पर्धा गर्ने छिन् । अन्तिम १६ सम्म स्थान बनाउने क्रममा कोरीले भेनस विलियम्स, माग्डालेना रिबारिकोभा र पोलोना हरकोगलाई पराजित गरेकी थिइन् ।

अन्तिम १६ बाट बाहिरिए पनि कोरी सबैभन्दा बढी चर्चा र चासोको पात्र बनेकी छन् ।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्