सागरले लिए हङकङको तेस्रो विकेट

काठमाडौँ – मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा अहिले नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले हङकङको तीन विकेट झारेको छ ।
नेपालका सागर ढकाल एक्लैले तीन विकेट लिएका हुन् । हङकङविरुद्ध आक्रामक सुरुवात गरेको नेपालले शून्य रनमै दुई विकेट झारेको थियो ।
१४ ओभरको खेलमा सागरले तेस्रो विकेट लिएका हुन् । उपाधि विजेता टिम यू–१९ एसिया कपमा छनोट हुनेछ ।