राजकुमार रावले भने, ‘न म दोस्ताना-२ गर्दैछु, न शुभ मंगल ज्यादा सावधान’

एजेन्सी-भारतीय अभिनेता राजकुमार रावले आफू ‘दोस्ताना -२’ मा काम नगरेको बताएका छन्। साथै उनले आफू आयुषमान खुरानासँग ‘शुभ मंगल ज्यादा सावधान’ मा पनि आफू नभएको भन्दै चलचित्रका निर्माता करण जोहरसँग कुरा भएपनि काम गर्ने कुरा नभएको बताएका छन्।

पिंक भिल्लामा आएको एक रिपोर्टमा राजकुमार रावले भनेका छन्, ‘न म दोस्ताना– २ गर्दैछु न शुभ मंगल ज्यादा सावधान। दोस्ताना – २ को लागि मैले करणलाई भेटेको थिए, मसँग उहाँप्रति धेरै सम्मान छ, यो प्रोजेक्टमा हामी सँगै काम गर्न सकेनौँ। तर चाँडै नै तपाईहरु हामीदुवैबाट केही उत्साहजनक कुरा सुन्न पाउनु हुनेछ।’

सन् २०१८ मा करणले निर्माण गरेको चलचित्रमा प्रियंका चोपडा, अभिषेक बच्चन र जोम अब्राहम मुख्य भूमिकामा थिए। करणले यही चलचिको सिक्वेल बनाउने घोषणा ट्वीटरमार्फत गरेका थिए। उनले जानभी र कात्तिक आर्यन दाजूबहिनीको भूमिकामा छन्। र उनीहरु एउटै व्यक्तिसँग प्रेमसम्बन्धमा पर्ने कथा रहनेछ।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्