‘कबिर सिंह’ले सलमानको ‘किक’ र शाहरुखको ‘चेन्‍नई एक्सप्रेस’लाई उछिन्यो

एजेन्सी-शाहिद कपूर र कियारा आडवाणिको मुख्य अभिनय रहेको चलचित्र ‘कबिर सिंह’ भारतीय बक्स अफिसमा ब्लकबस्टर बनेको छ।

जुन २१ बाट प्रदर्शनमा आएकाे कबिर सिंहले १८ दिनमा २३९.९७ करोडको व्यापार गर्दै सन् २०१३ मा प्रदर्शनमा आएको शाहरुख खानको चलचित्र ‘चेन्नई एक्सप्रेस’ र २०१४ मा प्रदर्शनमा आएको सलमान खानको चलचित्र ‘किक’ को व्यापारलाई उछिनेको छ।

सलमानको किकले लाइफटाइम २३१.८५ कमाई गरेको थियो भने शाहरुखको चेन्नई एक्सप्रेसले २२७.१३ करोडको व्यापार गरेको थियो।

बक्स अफिसको यस सफलतासँगै ‘कबिर सिंह’ शाहिद कपूरको करियरको सबैभन्दा सफल फिल्मसमेत बनेको छ।  कबिर सिंह तेलगु चलचित्र अर्जुन रेड्डीको रिमेक हो। जसको निर्देशन सन्दीप भांगाले गरेका हुन्।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्