असार २६ देखि भृकुटीमण्डपमा १३औं शैक्षिक मेला हुने

काठमाडौं- नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवंम विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको सम्भावना र अवसरहरुको बारेमा जानकारी दिन काठमाडौंको भृकुटीमण्डपमा १३औं शैक्षिक मेला हुने भएको छ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को आयोजनामा सुरु भएको शैक्षिक मेलामा इक्यानका शैक्षिक परामर्श व्यवसायीहरु, स्वोदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चिन। बंगलादेश, श्रीलंका, जापान, फ्रान्स,अमेरिका, बेलायत, न्युजील्यान्ड, अष्ट्रेलिया, नर्वे लगायतका देशका कलेज तथा विश्वविद्यालयका अधिकारिक प्रतिनिधिहरुको सहभागीता रहेने छन्।

असार २६ देखि २९ गतेसम्म सञ्चालन हुने मेलामा १ लाख भन्दा बढी मानिसहरुले अवलोकन गर्ने ईक्यानले बताएको छ। मेलामा विभिन्न देशका राजदुतावास तथा कूटनितिक नियोगहरुको पनि उपस्थिति रहनेछ।

ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले नेपाली विद्यार्थीहरुलाई सुविधा एवंम गुणस्तरिय शिक्षाको पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने हेतुले मेलाको आयोजना गरेको बताए।

उनले भने, ‘ नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवंम विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको सम्भावना तथा अवसरहरु जस्ता बिषयमा पर्याप्त गरी स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रवृति, सुविधा एवंम गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुलाई समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्नेछ।’

यस्तै ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्वो अन्तर्गत मेलामा रक्तदान कार्यक्रम गरिनुको साथै प्राथमिक उपचार तथा डेन्टल क्याम्पको पनि व्यवस्था गरिने ईक्यानले आफ्नो पत्रकार सम्मेलनमार्फत बताएको छ। यस्तै मेलाका अवलोकनलाई लक्षित गरेर मुख्य रुटहरुमा नि:शुल्क बससेवा व्यवस्थापन गर्ने जनाएको छ।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्