त्रिविका सहायक डिनविरुद्ध अख्तियार, सञ्‍चालन अनुमति रद्द हुन्छ भन्दै बार्गेनिङ गरेको आरोप

काठमाडौँ: त्रिभुवन  विश्वविद्यालयका एक सहायक डिनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शम्भुप्रसाद पटेलविरुद्ध घुस मागेको अभियोगमा मुद्दा दायर भएको हो।

अख्तियारका अनुसार पटेलले कलेज सञ्चालन अनुमति रद्द हुन सक्छ भन्दै विभिन्न कलेजसँग बार्गेनिङ गर्ने गरेका थिए। डिन पटेल ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका थिए। 

विज्ञापन

 यसअघि त्रिविमा शिक्षक भर्ना गर्दा अनियमितता भएको भन्दै शिक्षा सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो गत साता। उनीहरुमाथि केरमेट गरेर पासफेल गराएको आरोप छ। त्यसअघि त्रिवि परिक्षा नियन्त्रण कार्यालयका कर्मचारीले उत्तर पुस्तिकामा नम्बर थपेर गोल्डमेडलिस्टसम्म बनाएको अख्तियारको अनुसन्धानले देखाएको थियो। 

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्