ग्वार्कोमा खुल्यो सिप्रदी ट्रेडिङकाे ५१ औँ सर्भिस सेन्टर

काठमाडौँ– नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालीले ललितपुरको ग्वार्कोमा २१ औँ सभिस सेन्टर सञ्चालनमा ल्याएको छ।

जयदेव ट्रेडिङ प्रालि सिप्रदीको ११ औँ आधिकारिक सर्भिस सेन्टर हो। सिप्रदी कम्पनीका चिफ अफरेटिङ अफिसर (सीओओ) राजेशप्रसाद गिरी तथा जयदेव प्रालिका सञ्चालक जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका हुन्।

जयदेव ट्रेडिङ प्रालिले पिकअप गाडीहरू, साना कमर्सियल भेहिकलहरू र प्यानल भ्यानहरूलाई विशेष सेवाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ। सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न रहेको छ।

सिप्रदी टेड्रिङ्ग प्रालि सन् १९८२ देखि नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक कम्पनी हो। याे आईइसओ ९००१–२०१५ प्रमाणित कम्पनी हो। सिप्रदीले  टाटा मोटर्सका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीहरुको बिक्री वितरणमा गर्दै आएकाे छ।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्