आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता

काठमाडौँ-आइएमई ग्रुप अन्तर्गतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा सन्चालित आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता सार्वजनिक गरेको छ। मंगलबार राजधानीमा एक कार्यक्रम गरी नयाँ विशेषता सार्वजनिक गरेको हो।

मोबाइल एपमा डिल्स भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ जसबाट पे मोबाइल वालेट एप चलाउने ग्राहकहरुले विभिन्न रेस्टुरेन्ट वा पसलहरुले उपलब्ध गराएका अफरहरु प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ।

आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ।

व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीहरुले आइएमई पे एजेन्टबाट या बैंकबाट सिधै वा आइएमई पे मोबाइल वालेट एप चलायने आफ्नो साथी भाइबाट मोबाइल वालेटमा पैसा हाल्न सकिने कम्पनीले जानकारी दिएको छ।

काठमाडौँ र पोखराका विभिन्न रेस्टुरेन्टहरुमा डिल्स अन्तर्गत विभिन्‍न छुटको व्यवस्था गरिएको पनि जानकारी दिएको छ।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्