नबिल बैंकले गर्‍यो ‘बीभीएस नेपाल’लाई सहयोग

काठमाडौँ– नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिहीबार ‘बर्नस् भायोलेन्स् सरभाईभर्स् (बिभिएस) नेपाल’ लाई एक लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

उक्त रकम आगलागीबाट पीडित बिरामीहरुको खाना, उपचार, परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिने छ।

बर्नस् भायोलेन्स् सरभाईभर्स् नेपाल आगलागीबाट हुने हिंसा,दुर्घटनाका बिरामीका लागि काम गर्ने संस्था हो। यसले ५ सय १० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल र पुनर्स्थापनामा सहयोग उपलब्ध गराएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले संस्थालाई रकम हस्तान्तरण गरेका थिए।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शैक्षिक क्रियाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला आदि विभिन्न सामाजिक कल्याणका क्षेत्रमा निरन्तर रुपमा सहयोग प्रदान गरी अझ बढी प्रतिवद्धताका साथ लागि पर्ने जनाएको छ।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्