काठमाडौँ – श्रीमद्भागवत सप्ताह पुराणको प्रसाद ग्रहण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीललकण्ठस्थित निवासमा कार्यकर्ताको घुइचो लागेको छ ।

बिहीबारदेखि चलेको सप्ताहमा प्रसाग ग्रहण गर्न कांग्रेसका सयौं कार्यकर्ता देउवा निवास पुगेका छन् । देउवाले पिता प्रसादसिंह देउवाको सम्झनामा सप्ताह लगाएका हुन्।

प्रसाद ग्रहण गर्न गएका अधिकांशका नेता कार्यकर्ताले सभापति देउवा र श्रीमती आरजु राणासँग फोटो खिचाएर फर्किका छन् ।

सप्ताहको सांगे बुधबार (भोलि) गरिने उनको पारिवारिक स्रोतले जनाएको छ।

सप्ताह पिता प्रसादसिंहको निधन २०६८ चैत ३ गते ९८ वर्षको उमेरमा भएको थियो।

उनका ६ छोरा, ५ छोरी छन् । सभापति देउवा जेठा छोरा हुन ।

फोटोहरु कांग्रेस कार्यकर्ताको फेसबुकबाट