भारत र न्यूजिल्याण्डबीचको सेमिफाइनल खेल वर्षाका कारण रोकियो

एजेन्सी– इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भइरहेको भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ।

इंग्ल्याण्डको म्यानचेस्टरमा भइरहेको खेलमा न्यूजिल्याण्डले ४६ ओभर एक बलमा पाँच विकेटको क्षतिमा २ सय ११ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको हो। न्यूजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो।

न्यूजिल्याण्डका कप्तान केन विलिम्सनले ६७, हेनरी निकोलस २८, कोलिन ग्रेयन्धोम १६ र जेम्स निसाम १२ रन बनाएर आउट भएका छन्। मार्टिन गुप्टिल एक रनमा आउट भएका थिए।

यस्तै रोश ट्यालरले ६७ र टोम लाथमले तीन रन बनाएर खेलिरहेको अवस्थामा वर्षाका कारण खेल अवरुद्ध भएको छ।

बलिङतर्फ भारतका भुवनेश्वर कुमार, जसप्रित बुमराह, हार्दीक पाण्ड्या, रवीन्द्र जडेजा र युवेन्द्र चाहलले एक–एक विकेट लिएका छन्।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्