सर्पले डस्दा किशोरीको मृत्यु

सांकेतिक तस्बिर

दुल्लु– सर्पले डसेर मंगलबार दैलेखमा एक किशोरीको मृत्यु भएको छ। महाबु गाउँपालिका–५ काशिकाँधकी १७ वर्षीया टीकाकुमारी शाहीको मृत्यु भएको हो।

शाहीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। नारायण नगरपालिका–१ पुरानो बजारमा बस्दै आएकी शाहीलाई गए राति सुतिरहेको अवस्थामा सर्पले डसेको हो।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्