पपुवान्युगिनीको गाउँमा आमहत्या

एकाबिहानै कम्तिमा १५ जना महिला तथा बालबालिकाको हत्या

पपुवान्युगिनीमा कम्तिमा १५ जना महिला तथा बालबालिकाको आमहत्या भएको छ । पपुवान्युगिनीको हेला प्रान्तमा जघन्य अपराध भएको हो । सो राज्य लामो समयदेखि आदिवासीय समुदायबिचको हिंसाका कारण प्रभावित मध्येमा पर्छ ।

घटना सोमबार बिहानै भएको हो । झण्डै ८०० जनाको बसोबास रहेको कारिदा गाउँमा आमहत्या भएको हो ।

घटना भएका बेला कारिदामा रहेका स्थानीय स्वास्थ्य चौकीमा कार्यरत अधिकारी फिलिप पिमुएले प्रभावित हुने १६ जना रहेको बताएको बेलायती पत्रिका द गार्जियनले उल्लेख गरेको छ ।

प्रभावित हुनेमा एक देखि १५ वर्षसम्मका ८ बालबालिका र ८ महिला रहेको उनले बताएका छन् । हत्या भएका मध्ये दुई महिला गर्भवति थिए ।

तर आरएनजेडले स्थानीय प्रहरीलाई उद्धृत गर्दै १५ जनाको हत्या भएको र त्यसमा १० जना महिला र पाँच बालबालिका रहेको उल्लेख गरेको छ ।

घटना स्थानीय समय अनुसार सोमबार बिहान ६ बजेतिर भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत अधिकारी फिलिप पिमुएले बताएका छन् ।

आक्रमणकारीले स्थानीयको घरमा गएर ढोका ढकढक्याएको र ढोका खोल्ने बित्तिकै उनीहरुको हत्या गरेको उल्लेख गरिएको छ । आक्रमणकारीले बन्दुक तथा चक्कु प्रहार गरी सर्वसाधारणको हत्या गरेका हुन् ।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्