पाकिस्तानमा एक पत्रकारको गोली हानी हत्या

सांकेतिक तस्बिर ।

पाकिस्तानमा एक पत्रकारको गोली हानी हत्या भएकाे छ । कराचीको स्थानीय  क्याफे अगाडि मंगलबार साँझ पत्रकार मुरीद अब्बासको गोली हानी हत्या भएकाे पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

हत्यापछि आरोपीलाई गिरफ्तार गर्न प्रहरी जाँदा उनले आफै माथि पनि गोली प्रहार गरेका छन् । गम्भीर रहेका उनको उपचार भइरहेको छ । पत्रकार अब्बास ‘बोल न्यूज’ मा कार्यरत थिए ।

आक्रमणकारीको नाम आतिफ जमा रहेको जनाइएकाे छ । जियो न्यूजका अनुसार उनले एक सेतो कारको भित्रबाट गोली प्रहार गरेका थिए ।

न्यूज एजेन्सी एएनआईका अनुसार पत्रकार अब्बाससँगै रहेका उनका साथी खैजर हयातलाई पनि गोली लागेको छ ।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्