जमाल खाशोग्गी हत्या प्रकरणमा अमेरिकाको मौनता अनुचित

पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा अमेरिकाको मौनता उचित नरहेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार विशेषज्ञले बताएका छन् ।

अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टमा लेख्ने साउदी अरेबियाका पत्रकार खाशोग्गीको गएको अक्टोबरमा टर्कीको स्थानबुलमा हत्या भएको थियो । उनको हत्या साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को निदेर्शनमा भएको आरोप लाग्दै आए पनि साउदी अरेबियाले त्यसको खण्डन गर्दै आएको छ ।

स्थानबुलस्थित साउदी अरेबियाको दूतावासमा भएको हत्याका बारेमा सुरुमा अनविज्ञता जताएको साउदी अरेबियाले पछि घटना स्वीकार गर्दै निहित स्वार्थ भएका एजेन्टहरुले हत्या गरेको बतायो ।

अमेरिका र साउदी अरेबिया व्यापारिक साथी हुन् । यस घटनामा अमेरिकाले जति बोल्नु पर्ने वा अडान लिनु पर्ने हो त्यति नलिएको आरोप लाग्दै आएको छ । यहिबिचमा मानवअधिकार विज्ञ एग्नेर कलमार्डले चुप लागेर बस्नु विकल्प नरहेको बताएकी हुन् । घटनाका सम्बन्धमा आवश्यक जति नबोलिएको र सबैले काम गर्नु पर्ने बेला आएको उनको भनाई छ ।

घटनाका सम्बन्धमा अमेरिकाको संघीय चाँज आयोग (एफबिआई) ले अनुसन्धान पनि गरेको थियो ।

लण्डनमा मंगलबार भएको कार्यक्रममा मानवअधिकार विज्ञ एग्नेसले अमेरिकाले आफ्नो अनुसन्धानलाई विस्तृत गर्नु पर्ने बताएकी हुन् । सो कार्यक्रममा पत्रकार खाशोग्गीकी फियोन्सी पनि थिइन् ।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्