तस्बिरमा त्रिविको ६० औँ वर्षगाँठ

काठमाडौँ – त्रिभूवन विश्वविद्यालयले विशेष कार्यक्रमका साथ बुधबार आफ्नो स्थापनाको ६० औँ वर्षगाँठ मनाइरहेको छ । विसं २०१६ असार ३० गते विधिवत रुपमा स्थापना भएको मुलुकको जेठो विश्वविद्यालयको जन्मोत्सव हरेक वर्ष तिथिका आधारमा मनाइन्छ ।

विश्वविद्यालयलले बुधबार बिहान विश्वविद्यालय सभा गरेको छ, जसमा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थिति थियो । शिक्षा मन्त्री एवम् त्रिविका सहकुलपति, त्रिविका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टारसहितको सहभागीतामा सभा भएको हो ।

यस्तै दिवसकै अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति कार्यालयको नयाँ भवनको पनि उद्घाटन गरेका छन् ।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्