मदन पुरस्कारका लागि छानिए ७ कृति

काठमाडौँ – ‘मदन पुरस्कार–२०७५’ का लागि ७ वटा कृति छनोटमा परेका छन् ।

सानु शर्माको ‘एकादेश’को कथा, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ र कुमार नगरकोटीको ‘ज्ञ’ छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पनि मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ मा परेका हुन् ।

छनोटमा परेका कृतिमध्ये एकलाई ‘मदन पुरस्कार–२०७५’ प्रदान गरिनेछ । मदन पुरस्कारको राशि २ लाख छ ।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्