त्रिविको ६० औँ वर्षगाँठ

त्रिवि पवित्र संस्था हो, बेथिति गर्नेको अनुहार हेरिन्न : प्रधानमन्त्री

तस्बिर : सुलभ श्रेष्ठ

काठमाडौँ – त्रिभूवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालय पवित्र संस्था रहेको र यसमा कुनै पनि बेथिति सहनीय नहुने बताएका छन् ।

६० औँ स्थापना दिवसका अवसरमा विश्वविद्यालयको सभामा प्रधामन्त्री ओलीले विश्वविद्यालयमा बेथिति र अनियमितता हुन नहुने बताउँदै हाल केही घटना सार्वजनिक भएको र त्यसमा दोषी कसैलाई पनि छुट नदिइने बताएका हुन् । उनले भने, ‘बेथिति गरेको प्रमाणित भएकालाई कारवाही हुनेछ । अनुहार हेरिने छैन, छुट दिइने छैन ।’

उनले देश निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलोका रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा त्रिवि परिचित भएको र यसले आफ्नो यात्राको ६ दशक पूरा गरेकमा बधाई पनि दिए ।

देशमा भएका आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तन पश्चात अरु क्षेत्र जस्तै शिक्षा क्षेत्रमा पनि समयानुकुल परिवर्तन गर्ने काम भइरहेको प्रधानमन्त्री ओलीले दाबी गरे ।

कार्यक्रममा त्रिविका उपकुलपति प्रा. डा. तीर्थराज खनियाले त्रिविले आफ्ना उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी, अनुसन्धानमुखी र उत्पादनमुखी बनाउन समयानुकुल पाठ्यक्रम निर्माण र परिमार्जन गर्दै आएको बताए ।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्