नागरिक लगानी कोष र हिमालयन बैंक लिमिटेडसँग सम्झौता

काठमाडौँ-नागरिक लगानी कोषको नागरिक लगानी कोष कर्मचारी बचत वृद्धि अवकासको कर्जा भुत्तानीलाई अनलाई माध्यममार्फत सहजीकरण गराउन हिमालयन बैंक लिमिटेडसँग सम्झौता गरेको छ।

नागरिक लगानी कोष कर्मचारी बचत अवकास कोषको ८० प्रतिशत कर्जा भुक्तानी अनलाईन माध्यमबाट गर्न सम्झौता गरेको हो।

नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमन नेपाल र हिमालयन बैंकका तर्फबाट कार्यकारी परिचालक अधिकारी मृगेन्द्र प्रधानले नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितीमा हस्ताक्षरपत्रमा हस्ताक्षर गरेका हुन्।

यस सम्झौता पश्चात नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषका ८० प्रतिशत कर्जा भुक्तानी अनलाईन माध्यम मार्फत कनेक्ट आइपीएसबाट सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने र नागरिक लगानी कोषको कनेक्ट आइपीएस इ-पेमेन्ट प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंक लिमिटेडमा हुने कोषले जनाएको छ।

यसका निम्ति ऋृणील कनेक्ट आइपीएई-पेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिङ्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न कोषले जानकारी दिएको छ।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्