मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनल धरानमा हुने

मोरङ-मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको अन्तिम चरण र फाइनल खेल प्रदेश-एकको धरानमा हुने भएको छ।

विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रतियोगिता समितिका अध्यक्ष किरण राईले खराब मौषमका कारण पूर्व निर्धारित विराटनगरको स्थानमा धरानमा खेल हुने जानकारी दिए।

कार्यक्रममा अध्यक्ष राईले उपाधि विजेताका लागि प्रदान गरिने करिब साढे चार किलोको चाँदीको ट्रफी समेत सार्वजनिक गरे। सो ट्रफी विजेता टोलीले एक महिना राख्न पाउने बताएका अध्यक्ष राईले बताए। उनल भने, ‘ट्रफी एक महिनासम्म विजेता टोलीले राख्नेछ र त्यसपछि पुनः आयोजकलाई फिर्ता गर्नेछ। अर्को पटक रनिङ शिल्डका रुपमा प्रतियोगिता हुनेछ।’

त्यसैगरि प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ। प्रतियोगिताको अन्तिम चरणका लागि धरान फुटबल क्लब, बौद्धिक विकास समाज, धनकुटा, बेलबारी फुटबल क्लब, मोरङ, सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको फाइनल आउँदो सोमबार हुने बताइएको छ। यसअघि प्रतियोगितामा उदयपुर, धरान र इलाममा १४ वटा टोलीले प्रतिस्पर्धा गरेका थिए।

सो क्रममा ८ वटा टोली पहिलोचरणबाट बाहिरिएकाछन्। प्रतियोगिताका लागि १ करोड प्रदेश सरकार र ३३ लाख रुपैयाँ अखिल नेपाल फुटबल संघ एन्फाले ब्यहोरेको छ।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्