नायिका शिल्पा पोख्रेल र निर्माता छवि ओझाको विवादमा भोलि प्रहरीमा छलफल

काठमाडौँ– नायिका शिल्पा पोख्रेलले निर्माता छवि ओझालाई हालेको उजुरीबारे बिहीबार छलफल हुने भएको छ। आफूमाथि हिंसा भएको भन्दै शिल्पाले श्रीमान् छविविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएकी छन्।

परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार बुधबार श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा पाऊँ भन्दै उजुरी दिएकी थिइन्। आरोपित ओझा छलफलमा उपस्थित नहुने बताएपछि छलफल बिहीबारका लागि सरेको हो।

विज्ञापन

ओझाले शिल्पालाई १५ दिन अगाडि पिटेको र कुटाइपछि शिल्पाको कानमा समस्या भएको शिल्पाकी भाउजू सम्झना रौनियार उप्रेतीले देशसञ्चारलाई बताइन्। शिल्पा गएको १४ दिनदेखि आफ्नै घरमा रहेको भन्दै रौनियारले भनिन्, ‘मैतीदेवीको एपोलो अस्पतालमा उपचार भइरहेको छ, उसको कान दुख्ने र सुन्नमा समस्या भइरहेको छ।’ रौनियारका अनुसार कुटपिटपछि १४ दिनसम्म कुर्दा उताबाट एक कल फोन पनि नआएपछि जिल्ला प्रशासन कार्यलयमा उजुरी हालेको हो।

आज स्वास्थ्य समस्या भएको जानकारी गराएका छवि छलफलमा उपस्थित नभएपछि बिहीबारका लागि सारिएको हो।

शिल्पा र छविको विवाह २०७३ सालको दशैँमा गोप्यरुपमा भएको थियो। शिल्पाले छविराज ओझाकै प्रडक्सनमा ‘लज्जा’ मार्फत डेब्यू गरेकी थिइन्। त्यसपछि उनले यही प्रडक्सनको ‘हवलदार सुन्तली’ र ‘मंगलम’ मा पनि काम गरिसकेकी छन्। शिल्पा छविकी चौथी श्रीमती हुन्। अभिनेत्री रेखा थापा छविकी तेस्री श्रीमती थिइन्।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्