पुलचोकमा हिम इलेक्ट्रोनिक्सको नयाँ शोरुम खुल्‍यो

काठमाडौँ-सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले नयाँ सामसङ्ग डिजिटल प्लाजा सञ्‍चालन गरेको छ।

ललितपुरस्थित पुलचोकमा बुधबार सामसङ्ग उत्पादनहरुका लागि ग्राहकहरुको बढ्दो माग तथा स्टेट्–अफ–आर्ट सेल्स काउन्टरले गर्दा हिम इलेक्ट्रोनिक्सलाई सामसङ्ग प्लाजाको सञ्जाल विस्तार गरेको हो।

हिम इलेक्ट्रोनिक्स प्रालिका निर्देशक सीमा गोल्छा तथा सामसङ्ग प्लाजाको छात्रवृत्ति प्राप्त गरेका निर्मल विद्यापीठ विद्यालय तथा आजाद विद्यालयाका छात्राहरुले शोरुमको उद्घाटन गरेका हुन्।

१५औं वार्षिक उत्सवको अवसरमा, सामसङ्ग प्लाजाले निर्मल विद्यापिथ विद्यालय र श्री आजाद विद्यालयाका ५० जना छात्राहरुलाई एक वर्षको पूर्ण छात्रवृत्ति, विद्यालय पोशाक तथा स्टेशनरी उपलब्ध गराउनुका साथै बालिकाहरुलाई शिक्षित बनाउन र सम्पूर्ण बालिकाहरुलाई विद्यालय जान प्रेरित गर्नका लागि यो एक उत्तम कदम भएको कम्पनीले जनाएको छ।

यस्तै सामसङ्ग प्लाजाले चितवन माढीका ३० जना महिला समुहलाई युवा साक्षरता कक्षा सञ्‍चालन गरेको जनाएको छ।सो प्लाजाको उद्घाटन गर्दै हिम इलेक्ट्रोनिक्स प्रा.लि. का निर्देशक सीमा गोल्छाले सामसङ् डिजिटल प्लाजा सञ्‍चालनमा ल्याउँदा खुसी व्यक्त गर्नुका साथै छात्रवृत्ति पहल कार्यक्रम मार्फत महिला सशक्तिकरणका लागि एउटा सानो प्रयास गर्न पाउनु गर्वको विषय भएको बताइन्।

एनले भनिन् ‘ ५ जना बालिकाहरुले आज यहाँ उपस्थीति जनाएर शोरुकको संयूत्त रुपमा उद्घाटन गरेका छन्। मलाई विश्वास छ कि हाम्रो यो सानो योगदानले आगामी दिनहरुमा सकारात्मक परिणामका लागि समर्थन गर्नेछ।’

सामसङ्ग डिजिटल प्लाजामा एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसङ्गका उत्पादनहरु कम्पनीले जानकारी दिएको छ।

यस्तै हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका सातवटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका सात वटा सामसङ्ग डिजिटल प्लाजा मार्फर्त उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आएको पनि जनाएको छ।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्